शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसले तोक्यो ७७ जिल्लाको निर्वाचन कमाण्डर, कहाँ को?

बुधबार, फाल्गुन २५ २०७८

काठमाडौँ l सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न ७७ जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक राखेर एक महिने अभियानका लागि केन्द्रीय सदस्य खटाएका हुन्।

७७ जिल्लामा एक एक जना केन्द्रीय सदस्यलाई केन्द्रले खटाएको हो। कांग्रेसले काठमाडौंमा मोहनबहादुर बस्नेतलाई खटाएको छ भने मनाङमा गणेश लामालाई पठाएको छ।

‘घरघर जाउँ, कांग्रेस जिताऔँ’ अभियान फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ। सबै जिल्लामा खटिने केन्द्रीय सदस्यहरु अभियान सुरु हुनुभन्दा दुई दिनअघि जिल्लामा पुगिसक्नुपर्ने कार्यतालिका रहेको छ।

अभियानमा कांग्रेसले स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा सरकारको तीन वर्षे कार्यकालमा गरेका अनियमितता जनतासमक्ष पुर्‍याउने जनाएको छ। एमसीसीबारेको भ्रम चिर्ने पनि कांग्रेसले जनाएको छ।

कहाँ को?

१.webp3.jpg.webp३.webp