शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पल प्रकरणमा युटूबरहरु पनि समातिने

शनिबार, फाल्गुन २१ २०७८

काठमाडौँ l नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा समातिएका अभिनेता पल शाहको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो देखाएको छ ।

प्रहरीको साइबर व्युरोले पीडितको गोपनीयता भंग हुने गरी भइरहेका त्यस्ता गतिविधिप्रति चासो राख्दै संलग्नहरुलाई कारवाही गर्ने चेतावनीसमेत दिएको छ । अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यबाट सामाजिक सञ्जालमा भ्रामक एवं झूटा अफवाह फैल्याइएको भन्दै व्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

274970514_1078999119330397_8181853208661059822_n.jpg

आज एक सूचना जारी गर्दै व्युरोले भनेको छ, ‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झूटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको, त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ ।’जनआस्था साप्ताहिकबाट