शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गोरख बक्स गणको टोली लेवनान उड्यो

शुक्रबार, फाल्गुन २० २०७८

काठमाडौँ l संयुक्त राष्ट्रसंघको आव्हानमा  लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक रहेका छन् । सो टोली काठमाण्डौबाट बिहिबार मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् । हाल तैनाथ श्री बर्द बहादुर गणको ६२ औं डफालाई बदली गर्न उक्त टोली त्यसतर्फ गएको हो ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्त्वपूर्ण योगदान पुयाउँदै आइरहेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिममा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।