काठमाडौँ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुुधबार भने १५ दसमलव पाँच अंकले घटेर २७ सय २० दसमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव २२ अंकले घटेर पाँच सय १७ दसमलव ९३ अंकमा पुुगेको छ ।
दुई सय २८ वटा कम्पनीहरुको ४८ हजार नौ सय ११ पटकको कारोवारमा ६२ लाख ४७ हजार सात सय ७४ कित्ता शेयर किनबेच भएका छन् भने कारोवार रकम तीन अर्ब १३ करोड १२ लाख १० हजार दुई सय ८२ रुपैयाँ पुुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज जलबिद्युत र सामुुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी ११ वटा समुहहरुको सुचक घटेका छन् ।
ति मध्ये वाणिज्य बैंक समुहको सुुचक नौ दसमलव ६९ अंकले घटेर १७ सय ३४ दसमलव ९७ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि १३ दसमलव चार अंकले घटेर २३ सय २६ दसमलव ४९ अंकमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय १० दसमलव ४६ अंकले घटेर १२ हजार दुई सय २६ दसमलव ७९ अंकमा पुग्दा विकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्राईम कर्मसियल बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।