शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्री देउवाले नेताका घरमा खटाए आफ्ना खास दूत, ओली र प्रचण्डलाई भेटेर फर्किए

बुधबार, फाल्गुन ११ २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा टेबुल गरिएको एमसीसी पारित गराउनका लागि सहयोग गर्न भन्दै नेताका घर–घरमा आफ्ना दूत खटाएका छन्।

देउवाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको घरमा गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार विहान खटाएका हुन्। एमसीसीमा सहयोग गरी पारित गराउने वातावरण बनाउनका लागि खाँण देउवाको सन्देश लिएर बालकोट र खुमलटार पुगेका थिए।

मंगलबार साँझ मात्र ओली बालुवाटार पुगेका थिए। सो बेला पनि एमसीसीका विषयमा नै कुराकानी भएको र एमालेले कारबाही गरेका १४ जनालाई नहटाएसम्म सदनको अवरोध कायम रहने एमालेले जनाएको छ।