शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एकीकृत समाजवादीको स्थायी कमिटीले एमसीसीको विपक्षमा निर्णय लिने

शनिबार, फाल्गुन ७ २०७८

काठमाडौं। यथास्थितिमा कुनै संशोधन नगरी एमसीसी सम्झौता प्रतिनिधि सभामा प्रस्तुत गरी पारित गर्न नहुने पक्षमा नेकपा एकीकृत समाजवादी उभिने भएको छ।

शनिबार हुने स्थायी कमिटी बैठकले संशोधन गरेर मात्र टेबुल गर्नुपर्ने पक्षमा निर्णय लिने नेताहरूको दाबी छ। एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएको छ भने त्यसको भ्रातृ संगठन सडक प्रदर्शनमा उत्रिएको छ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेका कारण एमसीसीबारे आइतबारको बैठकमा मात्र निर्णय लिने छलफलसहित शनिबार बैठक सम्पन्न भएको थियो। आइतबार आफ्नो धारणा राख्न एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक राखेको हो।