काठमाडौं। प्रतिनिधि सभामा एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादीको मत बाझिएको छ।
बुधबार भएको बैठकमा कांग्रेस नेता तथा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी कार्यसूचीमा राख्नुपर्ने बताएका थिए। तर माओवादीका सचेतक देव गुरुङले जस्ताको तस्तै राख्न नहुने भनेपछि मत बाझिएको थियो।
सभामुख अग्नी सापकोटाले मत बाझिएको भन्दै बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी कार्यसूचीमा नपर्ने निर्णय सुनाएका थिए। उक्त बैठकमा एमाले र जसपा सहभागी भएको थिएन।