शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमसीसीः वाइसीएललाई सडकमा उतारेको माओवादी संसदीय दल बैठकको निर्णय के आउला?

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा निर्णय गर्नका लागि संसदीय दलको बैठक सुरु भएको हो।

१ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठकमा एमसीसी प्रस्तुत गर्ने विषयमा सभामुख अग्नी सापकोटाले ११ बजे कार्यव्यवस्था समितिको बैठक डाकेका छन्। त्यसअघि एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले विरोध कार्यक्रम आयोजना गरेको छ।

प्रचण्डको आदेशका आधारमा नै विरोध आयोजना गरिएको वाइसीएलका नेताहरूले बताएका छन्। एकातिर विरोधमा उतारेर बसेको संसदीय दलले एमसीसी पारित गर्न सहयोग नगर्ने निर्णय गर्ने बताइएको छ।