शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्र बैकले आठ अर्ब रुपैयाँँको ट्रेजरी बिक्री गर्ने

आइतबार, फाल्गुन १ २०७८

काठमाडौ,

नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 
फागुन तीन गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी अन्तर्गत ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये दुई अर्ब पुरानो नवीकरण अन्तर्गतको रहेको छ भने छ अर्ब नयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्क हुने अवधि भने २०७९ जेठ तीन गते र २०७९ साउन ३१ गते तोकिएको छ । 
राष्ट्र बैकका अनुसार यसअघि यही माघ २४ गते पनि१४ अर्ब १० करोड रुपैयाँ बराबरको जट्रेरी बिल बिक्री गरिएको थियो ।