शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी बैंकको सिईओले दिए राजीनामा, कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

मंगलबार, माघ २५ २०७८

काठमाडौँ l कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएपछि खनाललाई कामु सिइओ नियुक्त गरिएको हो ।