शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैशाखको अन्तिम शुक्रबार स्थानीय तह निर्वाचन

मंगलबार, माघ २५ २०७८

काठमाडौँ  l प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय  गरेको छ।

मन्त्रिरिषद् बैठकले एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक सकिएपछि यसबारे सञ्चारकर्मीहरुसँग जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको जानकारी दिए।

यसअघि जेठ ४ मा स्थानीय तह निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।