काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरवहादुर देउवाले दिउसो तीन बजेका लागि बालुवाटारमा बैठक बोलाउनु भएको हो ।
नियमित मन्त्रिपरिषद्को बैठक विहिबार बस्ने गरेको भएपनि केहि दिन यता बैठक अनिश्चित बन्दै आएको थियो । आज बस्न लागेको बैठकले केहि महत्वपूर्ण नियक्ति गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणालाई पर धकेलेर सरकारले महत्वपूर्ण नियुक्ति गरिसक्ने योजना बनाएको छ । त्यस्तै आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अनुमान गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो ।
आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ ।