शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको ठोकुवाः चुनाव रोके आन्दोलन, १२ पत्रकार पुरस्कृत

आइतबार, माघ २३ २०७८

काठमाडौं। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानको प्रावधानविपरित चुनाव सार्ने निर्णय गरेको खण्डमा सरकारविरुद्ध कडा आन्दोलन हुने ठोकुवा गरेका छन्।

प्रेस चौतारी नेपालको २४औं स्थापना दिवसलाई सम्बोधन गर्दै शनिबार उनले भने, ‘यो विशाक्त गठबन्धनले लोकतन्त्रका नाममा लोकतन्त्रको चिरहरण गर्न खोजेको छ, त्यो एमालेले हुन दिँदैन आन्दोलन हुन्छ।’

यसैबीच प्रेस चौतारी नेपालले ०७७ र ०७८ को पुरस्कार घोषणा गरेको छ। फागुनभित्र हुने महाधिवेशनमा वितरण गरिने पुरस्कार यसप्रकार छन्। 

 

वि. सं. २०७७

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)

 

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

कृष्णविनोद लम्साल (सुनसरी)

 

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार

केपी गौतम (गोरखापत्र)

 

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

सागर पण्डित (सम्पादक, राजधानी दैनिक)

 

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार

अब्दुल्लाह मियाँ (काठमाडौं)

 

वि. सं. २०७८

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

गगन विष्ट (पूर्व अध्यक्ष)

 

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार

झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

 

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार

अनुप तिवारी (पर्सा)

 

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार

हिरा परियार (रुकुम पश्चिम)

 

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार

शिवराज भट्ट (कैलाली)

 

चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार

शान्ति गुरुङ (कास्की)