अध्यक्ष उपाध्यायसँग मिलेर सिईओ देवकोटा र सिनियर डिसिओ लम्सालद्धारा बैंकको चरम दोहन
काठमाडौँ l अध्यक्ष राजेश उपाध्याय, प्रमुख कार्यकारी बोधराज देवकोटा र बैंकको सिनियर डेपुटी सिईओ दिपेश लम्सालका कारण महालक्ष्मी विकास बैंक जुनसुकै बेलामा बन्द हुन सक्ने अवस्थामा पुगेको छ।
यि तीन भाई मिलेर बैंकको श्रोतसाधनको चरम दोहोन गरेको, आफन्त, नातेदार भाईसाथीहरुलाई कमजोर धितोमा करोडौं रुपैयाँ कर्जा दिएको, गैरबैंकिङ सम्पती बिक्री गर्दा कम मुल्यमा बैंकलाई घाटा हुने आफन्त र आफ्ना व्यवसायीक साझेदाहरुलाई बिक्री गरी त्यहाँबाट मोटो रकम कमिशन खाने गरेका छन्। यसरी सञ्चालन प्रमुख र व्यवस्थापन प्रमुख मिलेर बैंकको श्रोत र साधनको चरम दोहन गरेपछि बैंक जुनसुकै बेलामा पनि बन्द हुने अवस्थामा पुगेको हो ।
बैंकका अध्यक्ष उपाध्यायको राष्ट्र बैंकको उच्च अधिकारीसंग सेटिङ रहेका कारण राष्ट्र बैंकले पनि हालसम्म महालक्ष्मी विकास बैंकलाई कारवाही गरेको छैन । सोही कारण पनि बैंकमा अध्यक्ष, प्रमुख कार्यकारी र सिनियर डिसिओको हाली मुहाली बढेको हो । श्रोतका अनुसार बैंकको सिनियर डिसिओ लम्सालले बैंकको श्रोत र साधनको चरम दुरुपयोग गरेको, कर्जा दिंदा प्रत्येक कर्जावाला ग्राहकसंग लाखौं रुपैयाँ कमिशन खाने गरेको, बैंकका सञ्चालकहरुलाई भनेको समयमा सुरा शुन्दरीको व्यवस्था गरेका छन्। सोही आधारमा लम्सालले काठमाडौँको बुढानिलकण्ठमा करोडौं रुपैयाँ पर्ने आलिशान महल बनाउन सफल भएको श्रोतले बताएको छ ।
श्रोतका अनुसार सिईओ देवकोटा, अध्यक्ष उपाध्याय र लम्सालले सुधीर बस्नेतको बालकुमारीमा रहेको एउटा जग्गा मिलाउँदा करोडौं रुपैयाँ कमिशन खाएका छन्। केही समयअघि मात्र लम्साल कर्जा सुचना केन्द्रमा पनि सञ्चालक भएका छन्। राष्ट्र बैंकका उच्च अधिकारी र बैंकका सञ्चालकहरुलाई सुराशुन्दरी उपलब्ध गराएकै आधारमा लम्साल कर्जा सुचना केन्द्रमा सञ्चालक बन्न सफल भएका हुन, श्रोतले भनेको छ। यि तीन भाईले बैंकले धेरै नै अनियमितता गरेको र यसको बारेमा निरन्तर खोजी जारी रहेको छ।
तत्कालीन समयमा झण्डै आधा दर्जन विकास बैंक तथा फाईनान्स कम्पनीहरु गाभिएर बनेको महालक्ष्मी विकास बैंक पछिल्लो समय आर्थिक अनियमितताको पर्याय बन्दै जाँदा उक्त बैंकमा निक्षेप रकम जम्मा गर्ने ग्राहकहरु असुरक्षित बन्दै गएका हुन। श्रोतका अनुसार यो असुरक्षाको प्रमुख कारण नै बैंक सञ्चालक समितीका अध्यक्ष उपाध्याय, प्रमुख कार्यकारी अधिकृत देवकोटा र लम्साल कै गैरजिम्वेवारी देखिएको छ। उनीहरुले बैंकको श्रोत र साधनको चरम उपयोग गरेको र आफन्त र नातेदारको ठाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेर सिंगो बैंक नै कव्जा गर्ने रणनीति बनाएको छ।
नेपाल राष्ट्र बैंकले एउटा संस्थामा स्वार्थ बाझिने एक भन्दा बढी एक परिवारका सदस्यहरुको नाउँमा संस्थापक सेयर खरिद हुन नहुने व्यवस्था कार्यान्वयनमा ल्याएको भएपनि महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले भने नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुलाई समेत प्रभावमा पारेर आफ्नो आफ्ना परिवारका विभिन्न सदस्यहरुको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेका छन्। श्रोतका अनुसार अध्यक्ष उपाध्यायले आफ्नो परिवारका सदस्यहरुको नाउँमा सेयर खरिद गर्नको लागि पनि महालक्ष्मी बैंकबाट नै विभिन्न प्रकृयामार्फत ठुलो परिमाणमा रकम निकालेका छन्। जसअनुसार अध्यक्ष उपाध्यायले बैंक कै पैसा मार्फत आफ्नो परिवार र नातागोताको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेको श्रोतले भनेका छन्।
श्रोतका अनुसार महालक्ष्मी विकास बैंकका अध्यक्ष साँचो अर्थमा भन्नुपर्दा बैंकिङ कसुरको अभियोगमा जेल जानु पर्ने व्यक्ति हुन, तर नियमनकारी निकाय नेपाल राष्ट्र बैंक कै उच्च अधिकारीहरुले अध्यक्ष उपाध्यायलाई जोगाउने गरेका छन्। महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायलाई जोगाउने नेपाल राष्ट्र बैंकका प्रमुख पात्र भनेका, डा. गुणाकर भट्ट भएको दावी पनि श्रोतले गरेको छ।
बि.सं २०५२ सालदेखि सञ्चालनमा आएको यो बैंकको अहिले देशभर एक सय तीन वटा तथा ३४ वटा एटिएम काउन्टर सञ्चालनमा रहेका छन्। चुक्ता पुंजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार ९ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको अहिले देशभर ५० हजार जना ग्राहक रहेका छन्। बैंकको केही सञ्चालक र व्यवस्थापन पक्षको कमजोरीका कारण बैंकभित्र भएको सुन काण्ड, कर्जा घोटाला लगायतका अनियमितता बाहिरिंदा बैंकमा रहेका ५० हजार ग्राहकको निक्षेप जोखिममा पर्ने संभावना बढेर गएको छ ।
केहीदिन अघि मात्र बैंकमा भएको सुन काण्डको अर्को अनियिमता पर्दाफास भएको छ। बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेको उल्लेख छ । पाँच वर्षपछि उक्त ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको धितोमा राखिएको उक्त सुन नक्कली भएको भन्दै फिर्ता दिन नमिल्ने बताएर अर्को काण्ड मचाएको छ । बैंकले त्यतिबेला बैंकले आफ्नो गहना जाँचेर लिएपनि अहिले बैंकको कुमारीपाटी शाखाले धितोमा लिएको उक्त सुन नक्कली भएको भनेर दिन नमाने पछि पीडित मर्हजन बैंकलाई कारवाही गरिपाउँ भन्दै नेपाल राष्ट्र बैंक, केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) संग हारगुहार गरिरहेका छन्। बैंकमा भएको यो घटना पहिलो भने होईन।
यसअघि महालक्ष्मी विकास बैंकको सोहीशाखाबाट अप्रयाप्त सुन धितो राखेर कर्मचारी कै मिलेमतोमा त्यहाँबाट सात करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। यसैगरी सो बैंकले पोखराका सुन व्यवसायी कमलमान गुभाजुलाई सुनको कारोवार गर्न चार करोड ८० लाख रुपैयाँ कर्जा दिएर चलनचल्तीको झण्डै ३८ करोड रुपैयाँ बराबरको सम्पती जफत गरेको थियो। भुमाफिया कालु गुरुङसंग मिलेर धितो नराखेको जमिन समेत कव्जा गरेको छ। बैंकले सुन कारोवारमा लगानीमा घोटाला भएको भनी नेपाल राष्ट्र बैंकमा पटक-पटक परेको उजुरी पछि राष्ट्र बैंकले त्यसको छानविन गर्न सिआईबीलाई निर्देशन दिएको थियो।
उक्त कर्जामा भएको अनियमिततामाथि छानवविन हुने डरले बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने कार्यकाल बाँकी रहदै राजीनामा दिएका थिए। उक्त सुन प्रकरणमा मुछिएका महालक्ष्मी विकास बैंक कुमारी पाटी शाखाका आधा दर्जन कर्मचारीहरु पक्राउ परेका थिए । पछि उनीहरु धरौटीमा छुटेका थिए ।
महालक्ष्मी बैंकमा यतिधेरै घोटाला हुनुको प्रमुख कारण बैंकको सञ्चालन एवं व्यवस्थापन पक्ष रहेको बैंकका लगानीकर्ताहरुले बताउँदै आएका छन्। बैंकमा हाल अध्यक्ष रहेका राजेश उपाध्याय तत्कालीन समयमा मनाकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए भने यति डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए। ति बैंकहरु मर्जर भएर बनेको महालक्ष्मी विकास बैंकमा पनि उनै उपध्याय अध्यक्ष रहेका छन्। तत्कालीन समयमा मनाकमना डेभलपमेन्ट बैंक र यती डेभलपमेन्ट बैंकमा पनि करोडौं रुपैयाँ कर्जा घोटाला भएको थियो। त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी विकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुखको रुपमा रहेको छ। त्यहीकारण पनि बैंकमा यतिधेरै अनियमिता भएको हुन सक्छ ? यो समुहलाई राष्ट्र बैंकले कारवाही गरी यो समुहको चुंगुलबाट महालक्ष्मी विकास बैंकलाई मुक्त गर्नुपर्छ, लगानीकर्ताहरुले भनेका छन्।