शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेनापतिकाे लाइनमा जर्नेल पाण्डे

बुधबार, माघ १२ २०७८

काठमाडौं । २ वर्षे म्याद थपको सिफारिसमा नपरेका नेपाली सेनाका वरिष्ठ उपरथी अनन्त कार्कीकाे गुनासो कहीँ कतैबाट पनि सुनुवाइ नभएपछि उनी २०७८ माघ ९ गते आइतबार  आफ्नो करिअरमा पूर्णविराम लगाएर बाटो लागेका छन् ।

दुई उपरथी ताराध्वज पाण्डे र सीताराम खड्काको दुई वर्षे कार्यकाल थपका लागि रक्षा मन्त्रालयमा सिफारिस हुँदा वरिष्ठताको पहिलो नम्बरमा रहेका अनन्त कार्कीका विरुद्ध विभिन्न उजुरी र विगत विवादास्पद भएकै कारणले गर्दा प्रधान सेनापति प्रभुराम शर्माले कार्कीको कार्यकाल थप गर्न सिफारिस नै गरेनन् ।  

दुई जना उपरथीहरु ताराध्वज पाण्डे र सीताराम खड्काको म्याद मन्त्रिपरिषदले २०७८ पुस ३० गते थप गरेसँगै नेपाली सेनाको नेपाली सेनाको ४५ औं प्रधान सेनापति को बन्ने भन्ने जिज्ञासा पनि मेटिएको छ ।

२०८१ साल भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर प्रभुराम शर्मा नेपाली सेनाको नेतृत्वबाट बाहिरिएपछि अहिले दुई वर्षे कार्यकाल थप भएका उपरथी ताराध्वज पाण्डे प्रभुराम शर्माको उत्तराधिकारी भएर नेपाली सेनाको ४५ औं प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने बाटो खुल्न गएको छ ।

उपरथी ताराध्वज पाण्डे हालका रथी सरोज प्रताप राणा २०८० साल कात्तिकमा अवकास भएपछि रथीमा बढुवा हुने छन् । त्यसपछि २०८१ साल भदौमा महारथीमा बढुवा हुनेछन् ।

उपरथी ताराध्वज पाण्डेको दुई वर्ष कार्यकाल थप गरेर प्रधानसेनापति बन्ने वातावरण बनाउनका लागि पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्नेल पवन पाण्डेहरुले आफ्नो सम्पूर्ण शक्ति उपयोग गरेर लविङ गरेको चर्चा पनि सेनामा चलेको थियो ।

उपरथी पाण्डे सामान्य अवस्था र हाल कायम रहेको नेपाली सेनाको परम्परा अनुसार, प्रभुराम शर्मा अवकास भएपछि नेपाली सेनाको प्रधानसेनापति बन्ने बाटो खुलेको छ ।

यो मामिलामा पाण्डेका लागि प्रधानसेनापति शर्मा दाहिने रहेको उपरथी पाण्डेलाई नेपाली सेनाको सबैभन्दा महत्वपूर्ण मानिएको संभार रथी विभागमा नै यथावत राख्नुले संकेत गरेको छ । (साँघु साप्ताहिक, २०७८ माघ १० गते)