शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लगानीकर्तालाई  बाड्ने वितरणयोग्य मुनाफा १३ बैंकको घट्यो(सूचिसहित )

बुधबार, माघ १२ २०७८

काठमाडौँ । देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सोमबारसम्म २६ वटा बैंकले पुष सम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा २० वटा बैंकको नाफा बढेको देखिन्छ । तर, वितरणयोग्य मुनाफा भने आधा बैंकहरुको घटेको देखिन्छ ।

कुल मुनाफा ६ वटा बैंकहरुको घटेपनि सेयरलगानीकर्तालाई यो वर्ष बाड्नका लागि छुट्याइने वितरणयोग्य मुनाफामा भने १३ बैंकको गिरावट आएको देखिन्छ । यस्तो  रकम उच्च मात्रामा घट्नेमा प्रभु बैंक अग्रस्थानमा छ।

वितरणयोग्य नाफा नविलको ३९ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४२ करोड, प्राइमको ३७ करोड, एनएमबिको ६३ करोड, सिटिजन्सको १० करोड, कृषि विकास  बैंकको १२ करोड, सानीमाको ३१ करोड, प्रभुको ४६ करोड, नेपाल बैंक २६ करोड, बैंक अफ काठमाडौं २ करोड, नेपाल इन्भेष्टमेन्ट २३ करोडले घटेको छ । यसबाहेक  वितरणयोग्य मुनाफामा ११ करोडले कमि आएको छ ।

सनराइज बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष २१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यो बैंकले यो वर्षमा जम्मा १० करोड मात्रै कमाएको छ ।

त्यसैगरि कुमारी वैंकले बितरणयोग्य मुनाफा पनि गत वर्षको तुलनामा ४९ करोड कम कायम गरेको छ । अर्थात गत वर्षको पुषसम्म १ अर्ब ३८ करोड बितरणयोग्य मुनाफा कमाएकोमा यो वर्षको सोहि अवधिमा यस्तो कमाइ ६३ करोड कायम भएको छ।

गत वर्षको पुषको तुलनामा यो वर्षको पुषमा घटेको वितरणयोग्य मुनाफा

Capture.PNG

लामो समयका लागि कुल नाफा हेरे पनि छोटो समयका लागि भने उसको वितरणयोग्य मुनाफामा बढि केन्द्रित हुन उचित हुन्छ ।  साथै बैंकहरुको अहिले खराब कर्जा शुन्य दशमलव पाँच तीन प्रतिशतले बृद्धि भएको छ भने सम्पत्तिमा प्रतिफल पनि १ दशमलव दुई प्रतिशतले गिरावट आएको देखिन्छ ।

                                  बैंकका मूख्य सुचकको अवस्था

Capture.PNG

२६ वटा वाणिज्य बैंकहरुले ६ महिनाको अवधिमा ३३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । तर उनिहरुले आफ्ना सेयरधनिलाई बाड्ने रकम अर्थात वितरणयोग्य मुनाफा भने उत्साहजनक  रुपमा बढाउन नसकेको विश्लेषकहरु बताउँछन् ।