शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महासचिवका दाबेदार बर्षमान पुन बिहानै प्रचण्ड निवासमा

मंगलबार, माघ ११ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि नेता बर्षमान पुन एकाबिहानै खुमलटार पुगेका छन्।

आठौं महाधिवेशनका बेला निमोनियाको उपचारका क्रममा चीनमा रहेका उनी सोमबार मात्र नेपाल फर्किएका थिए। उपचार सकेर फर्किनासाथ उनी प्रचण्डलाई भेट्न पुगेका हुन्।

पुनलाई चयन हुन बाँकी रहेको पदाधिकारी मध्य महासचिवका दाबेदारका रुपमा हेरिएको छ। महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत गरी पदाधिकारी चयनको जिम्मा केन्द्रीय समितिलाई दिएको छ।

पुनसँगै पत्नी तथा पूर्वसभामुख ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन्। उनको सफल उपचार भएकोमा प्रचण्डले बधाई दिँदै स्वास्थ्य लाभको कामना गरेका थिए।