शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रक्षा सचिव जंगी अड्डामा

मंगलबार, माघ ११ २०७८

काठमाडौँ :- रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । सचिव शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो । 

जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

साथै उक्त कार्यक्रम पूर्व सचिव शर्माले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए ।