शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महालक्ष्मी विकास बैंकका उपाध्यायबिरुद्ध उजुरी परेपनि कारवाही नभएपछि गर्भनरमाथि नै आशंका

मंगलबार, माघ ४ २०७८

बाफियाको बिपरित काम गर्ने उपाध्यायलाई कारवाही गर्न खुट्टा कमाउँदै राष्ट्र बैंक

काठमाडौँ – बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) को बिपरित काम गर्ने महालक्ष्मी बिकास बैंकका सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्यायलाई कारवाही गर्नको लागि नेपाल राष्ट्र बैकले नै खुट्टा कमाएको देखिएको छ । बिभिन्न समयमा बिभिन्न काण्डहरुमा मुछिदैं आएको महालक्ष्मी बिकास बैंक सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्यायकै कारण बैंक कमजोर बन्दै गएको र अध्यक्ष उपाध्यायले आफनो व्यक्तिगत तथा पारिवारिक स्वार्थको लागि बैकका हजारौ ग्राहकहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै कारवाहीको माग गर्दे उपाध्याय बिरुद्ध राष्ट्र बैंकमा उजुरी परेको थियो । 

तर उजरी परेको लामो समय भईसक्दा पनि उनीमाथि कुनै कारवाही नभएपछि शेयरधनीहरुले कारवाही नर्गनुमा गर्भनर महाप्रशाद अधिकारी कै मिलेमतो हो भनेर आशंका गर्न थालेकाछन । तत्कालीन समयमा झण्डै आधा दर्जन बिकास बैंक तथा फाईनान्स कम्पनीहरु गाभिएर बनेको महालक्ष्मी बिकास बैक पछिल्लो समय आर्थिक अनियमितताको पर्याय बन्दै गएको र यि सबैको मुल जड नै अध्यक्ष उपाध्याय भएको दावी शेयरधनीहरुले गरेकाछन ।

अध्यक्ष उपाध्यायले बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) को सबै प्रावधानहरु उलंघन गर्दे आफु र आफ्नो परिवारका सदस्यहरुको नाउँमा लाखौं कित्ता सेयर खरिद गरेकाछन । उपाध्यायले बिभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसंग झन्डै १६ लाख कित्ता सेयर रहेको छ । महालक्ष्मी विकास बैंकसँग मर्ज गर्दा उपाध्याय यती डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । उपाध्यायले नातामा सासु पर्ने सिता शर्मा, भाई पर्ने दिपेन्द्र शर्मा र बबी शर्मा, बहिनी पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार सुनिल बल्लव वन्त लगायतको आफन्तको नाममा बिभिन्न समयमा लाखौ कित्ता सेयर खरिद गरेकाछन ।

गैरकानुनीरुपमा आर्जन गरेको रकमबाट सेयर खरिद गरेको लगायतका बिभिन्न बिषयमा अहिले उपाध्याय बिरुद्ध सम्पती सुद्धीकरण बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको दावी श्रोतले गरेको छ । उपाध्यायले पदिय दायरा भन्दा बाहिर गएर बैंकमा भाँडभैलो मच्याएको र बैकको श्रोत साधनको चरम दुरुपयोग गरेको भन्दै उनी बिरुद्ध नेपाल राष्ट बैक  र केन्द्रिय अनुसन्धान व्युरोमा समेत कारवाहीको माग गर्दे उजुरी दर्ता भईसकेको छ । पछिल्लो समय ठुला ठुला घोटला जस्तै ललिता निवासको जग्गा घोटाला प्रकरण, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सर्वोत्तम सिमेन्ट गैरकानुनी सेयर खरिद प्रकरण आदिमा संलग्न मैं हु भन्ने व्यक्ति त कारवाहीको दायरामा आएको अवस्थामा उपाध्याध्यलाई कारवाही नहुने भन्नै छैन, ढिलो चाँढो उपाध्याय कारवाहीमा पर्छन, उनी जेलमा पर्छन नै, महालक्ष्मी बैंक श्रोतले भनेको छ । श्रोतका अनुसार महालक्ष्मी बिकास बैंक पछिल्लो समय जति पनि समस्यामा परेको छ, आर्थिक अनियमिताका घटनाहरु जस्तै सुन काण्ड, गैरकानुनीरुपमा धितो लिलामी आदि भएकाछन, ति सबैको जड नै अध्यक्ष उपाध्याय हुुन श्रोतले भनेको छ । यस्ता झुठ र आर्थिक अनियमिताको पर्याय बन्दै आएका उपाध्याय जस्ता पात्रलाई केन्द्रिय बैंक, केन्द्रिय अनुसन्धान व्युरो, सम्पती सुद्धीकरण बिभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैले मिलेर खुटा नकमाई कारवाही गर्नेपर्छ, श्रोतले भनेको छ । किनकी उपाध्याय कारवाहीमा पर्नुु भनेको महालक्ष्मी बिकास बैंक जोगिनु हो, बैकका रहेका हजारौं बचतकर्ताहरुको बचत रकम रोकिनुु हो, श्रोतले भनेको छ ।

श्रोतका अनुसार महालक्ष्मी बिकास बैकमा बचतकर्ताहरुको रकम असुरक्षित बन्नुको प्रमुख कारण नै बैंक सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्याय हुन । श्रोतका अनुसार उपाध्यायलाई नेपाल राष्ट्र बैकका पन्त थरका एक जना डाईरेक्टरले जोगाउँदै आएकाछन । नेपाल राष्ट्र बैकले एउटा संस्थामा स्वार्थ बाझिने एक भन्दा बढी एक परिवारका सदस्यहरुको नाउँमा संस्थापक सेयर खरिद हुुन नहुने व्यवस्था कार्यान्वयनमा ल्याएको भएपनि महालक्ष्मी बिकास बैंकका अध्यक्ष उपाध्यायले भने नेपाल राष्ट्र बैकका केही उच्च अधिकारीहरुलाई समेत प्रभावमा पारेर आफ्नो आफ्ना परिवारका बिभिन्न सदस्यहरुको नाउँमा ठुुलो परिमाणमा सेयर खरिद गरेकाछन । श्रोतका अनुसार अध्यक्ष उपाध्यायले आफ्नो परिवारका सदस्यहरुको नाउँमा सेयर खरिद गर्नको लागि पनि महालक्ष्मी बैंकबाट नै बिभिन्न प्रकृयामार्फत ठुुलो परिमाणमा रकम निकालेकाछन । जसअनुसार अध्यक्ष उपाध्यायले बैंक कै पैसा मार्फत आफ्नो परिवार र नातागोताको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेकाछन, श्रोतले भनेकाछन ।

श्रोतका अनुसार महालक्ष्मी बिकास बैंकका अध्यक्ष साँचो अर्थमा भन्नुपर्दा बैंकिङ कसुरको अभियोगमा जेल जानुु पर्ने व्यक्ति हुुन, तर नियमनकारी निकाय नेपाल राष्ट्र बैक कै उच्च अधिकारीहरुले अध्यक्ष उपाध्यायलाई जोगाउने गरेकाछन । महालक्ष्मी बिकास बैकका अध्यक्ष उपाध्यायलाई जोगाउने नेपाल राष्ट्र बैकका प्रमुख पात्र भनेका, डा. गुणाकर भट्ट पनि एक भएको दावी पनि श्रोतले गरेको छ ।  

बैंकमा हाल अध्यक्ष रहेका उपाध्याय तत्कालीन समयमा मनाकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए भने यति डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए । ति बैंकहरु मर्जर भएर बनेको महालक्ष्मी बिकास बैंकमा पनि उनै उपध्याय अध्यक्ष रहेकाछन । तत्कालीन समयमा मनाकमना डेभलपमेन्ट बैंक र यती डेभलपमेन्ट बैंकमा पनि करोडौं रुपैयाँ कर्जा घोटाला भएको थियो । त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी बिकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुुखकोरुपमा रहेको छ । त्यहीकारण पनि बैकमा यतिधेरै अनियमिता भएको हुुन सक्छ ? यो समुहलाई राष्ट्र बैंकले कारवाही गरी यो समुहको चुंगुलबाट महालक्ष्मी बिकास बैंकलाई मुक्त गर्नुपर्छ, लगानीकर्ताहरुले भनेकाछन ।