काठमाडौं। पालिका तहको निर्वाचन आगामी वैशाखमा नै गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ।
संवैधानिक प्रक्रियाअनुसार त्यसको सीमाक्षेत्र नमिच्नेगरी बैशाखमा पालिकास्तरको चुनाव गरिने सहमति भएको हो। त्यसको मितिचाहिँ सत्ता गठजोडमा रहेका दलका आन्तरिक परामर्शपछि बिहीबारसम्म धारणा सार्वजनिक गरिनेछ।
सत्ता गठजोडको बैठक विहीबार राखिने छ र त्यहि दिन मन्त्रिपरिषदको बैठकले चुनावको मिति तय गर्ने तयारी भएको छ। मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी नरहेका कारण मितिको टुंगो नलागेको हो।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डलगायत सहभागी थिए।