काठमाडौं । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले सोही ठाउबाट पक्राउ गरेको हो ।
मनकुमारले २०५८ साल माघ ६ गते साँझको समयमा सोही ठाँउकी १८ वर्षीया रोजिना राईको घाँटी रेटेर हत्या गरेका थिए । हत्या लगत्तै उनी फरार थिए ।
इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका बेला राई आफ्नै गाउँघरमा नियमित काम गरिरहेका थिए । प्रहरीको विशेष खोज अनुसन्धानबाट उनलाई पक्राउ गर्न सफल भएको श्रेष्ठको भनाई छ ।
पक्राउ परेका राईले अपराध स्विकारेका छन् । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ ।