बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अफगान टोलीले अन्ततः भिसा पायो, अण्डर १९ विश्वकपकालागि वेस्टइण्डिज जाँदै

बुधबार, पुष २८ २०७८

काठमाडौं । भिषाको समस्या झेलिरहेको अफगानिस्तानको टोली वेस्ट इन्डिजमा पर्सीदेखि सुरु हुन लागेको आईसीसी यू–१९ विश्वकपका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ । 

समयमा वेस्ट इन्डिज पुग्न नसकेका कारण अफगानिस्तानले  दुई वटा अभ्यास खेल खेल्ने अवसर गुमाएको छ । 
भिषा समस्याकै कारण समयमा पुग्न नसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले इंग्ल्यान्ड र युएईविरुद्धको अभ्यास खेल स्थगित गरेको थियो। 

अफगानिस्तानका प्रशिक्षक रईस अहमदजाईले अभ्यास खेल गुमाएको भएपनि अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । 
 काबुलस्थित युके दुतावास नखुलेका कारण अफगानिस्तानले बेलैमा ट्रान्जिट भिषा पाउन नसकेको हो ।