शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उपचार पश्चात फर्किए प्रधानसेनापति !

बुधबार, पुष २८ २०७८

काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् ।

मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि सेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए ।

भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।