काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखी भारतको राजधानी नयां दिल्लीमा उपचार भैरहेको छ l बारम्वार किड्नी स्टोनको समस्या देखिएपछि शर्मा उपचारका लागी भारत पुग्नु भएको थियो l
यसअघि किड्नी स्टोनको अपरेशन पटक पटक गरेपनि फेरी पनि समस्या देखिएपछि उनि भारत गएको निकट स्रोतको दावी छ । सेनापति शर्माले पुस ३० गतेसम्म विदा लिएका छन् । उनको मेदान्त अस्पतालमा अपरेशन समेत भइसकेको छ ।
शर्मा यसअघि भारत भ्रमणमा जांदा नै उनको उपचार भारतमा गर्ने तय भएको थियो । नेपालमा यो विचमा महत्वपूर्ण कार्यक्रम नभएकाले पनि सेनापनि शर्माले यो समयमा उपचार गर्ने निर्णय गरेको सैनिक स्रोतले बतायो ।