आफुलाई बाफिया भन्दा माथि राखेर सबै क्षेत्रमा हस्तेक्षप, १६ लाख कित्ता सेयर कब्जा
काठमाडौँ l महालक्ष्मी विकास बैंकका सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्यायको दादागिरीले उग्ररुप लिएको छ । मुसा भएर बैंकमा छिरेका उपाध्याय अहिले सिंह बनेर राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) लाई समेत चुनौती दिएर बैंकमा गैरकानुनीरुपमा सेयर कव्जा गरेर बसेका छन् ।
सुरुमा बैंकमा छिर्दा उपाध्यायको नाउँमा जम्मा छ हजार कित्ता सेयर रहेको थियो तर अहिले उनले आफु, आफ्नो परिवार र नातागोता र भाईसाथीको नाउँमा समेत आफैले चलाउने गरी सेयर खरिद गरी बैंकमा हैकमा चलाएका छन्। श्रोतका अनुसार महालक्ष्मी विकास बैंकमा उनको १६ लाख कित्ता सेयर रहेको छ । बाफियाको बिपरित दुई कार्यकाल अध्यक्ष पद खाईसकेका उपाध्यायले तेस्रो कार्यकाल पनि अध्यक्ष पद खाने षडयन्त्र गरेपछि उक्त बैंकमा सञ्चालकहरुबिच विवाद बढेको छ । सोही विवाद उच्च अदालत पाटनमा समेत पुगेको छ । बैंकका शेयरधनी गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले महालक्ष्मी विकास बैंक समेतलाई विपक्षी बनाई बैंकको पुस २५ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने भनिएको २० औं वार्षिक साधारण सभा रोकिपाउँ भन्दै उत्प्रेषण सम्वन्धी मुद्धा दायर गरेका थिए ।
उक्त मुद्धा उपर उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आदेश अनुसार वार्षिँक साधारण सभा गर्न रोक नलगाई पनि वार्षिक साधारण सभाको मुख्य ऐजेण्डा निर्वाचन गर्न भने रोक लगाईएको छ । सो बमोजिम बैंकमा वार्षिक साधारण सभा भएपनि निर्वाचन भने हुन पाएको छैन । यही बिचमा बैंकको सेयरधनीहरुले भने वार्षिक साधारण सभा गर्नको लागि कोरम पुग्न पर्ने र कोरम नपुगे बसेको वार्षिक साधारण सभाले गरेको निर्णय बैध नहुने बताउँदै आएका छन् । तर बैंकका अध्यक्ष उपाध्यायले भने बलमिच्याई गरेर वार्षिक साधारण सभा मार्फत आफ्नो अनकुलका निर्णयहरु पारित गर्न खोजेपछि सञ्चालकहरुबिच नै विवाद बढेको छ ।
सञ्चालकहरुले भने वार्षिक साधारण सभाको बिषयमा २४ घण्टा अगाडि जानकारी दिनु पर्ने र त्यसमा पनि शेयरधनीहरुको कोरम पुगेको वार्षिक साधारण सभाले गरेका निर्णय र माईन्युटहरु मात्र मान्ने हुने बताउँदै आएको छ ।