शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तीन वडाध्यक्षसहित एमालेमा बिलय भयो काभ्रे राप्रपा

शनिबार, पुष २४ २०७८

काठमाडौं। तीन जना वडाध्यक्षसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काभ्रे जिल्ला समिति नेकपा एमालेमा विलय भएको छ।

काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर प्रवेश गरेका हुन्।

उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत लामासहित कार्य समितिका पदाधिकारी र सदस्यहरू एमालेमा प्रवेश गरेका हुन्।

श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुन्।

नेकपा क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य गणेश थापामगर सहितको टोली एमाले प्रवेश गरेको छ। कार्यक्रमा रोशी गाउँपालिका महादेवटारबाट निर्वाचित वडाध्यक्ष तेजबहादुर राना मगरसमेत सोही समारोहबाट एमाले प्रवेश गरेका छन्।