बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘ए’ डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल खेलिदै, पहिलो खेलमा संकटा र सातदोबाटो भिड्दै

शुक्रबार, पुष २३ २०७८

काठमाडौं । शहीद स्मारक  ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् ।

त्यसमध्ये आज दुई वटा खेल हुनेछन् ।
दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् ।

संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा साँझ पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् ।

एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा  छ ।