बैकिङ कसुरमा जेल जानुपर्ने व्यक्ति अध्यक्ष भएपछि बैंक कमजोर बन्दै
काठमाडौँ l विभिन्न समयमा विभिन्न काण्डहरुमा मुछिदैं आएको महालक्ष्मी विकास बैंक सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्यायकै कारण कमजोर बन्दै गएको छ । अध्यक्ष उपाध्यायले आफनो व्यक्तिगत तथा पारिवारिक स्वार्थको लागि बैंकका हजारौं ग्राहकहरुको भविष्यमाथि खेलवाड गरेका छन् ।
तत्कालीन समयमा झण्डै आधा दर्जन विकास बैंक तथा फाईनान्स कम्पनीहरु गाभिएर बनेको महालक्ष्मी विकास बैंक पछिल्लो समय आर्थिक अनियमितताको पर्याय बन्दै गएको र यि सबैको मुल जड नै अध्यक्ष उपाध्याय भएको दावी श्रोतले गरेको छ ।
अध्यक्ष उपाध्यायले बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) को सबै प्रावधानहरु उलंघन गर्दे आफु र आफ्नो परिवारका सदस्यहरुको नाउँमा लाखौं कित्ता सेयर खरिद गरेका छन् । उपाध्यायले विभिन्न समयमा आफन्तहरुको नाममा सेयर खरिद गरेर झन्डै १६ लाख कित्ता पुर्याएका छन् । महालक्ष्मी विकास बैंकको अध्यक्ष बन्नु अगाडी ६० हजार कित्ता रहेकोमा अहिले उनीसंग झन्डै १६ लाख कित्ता सेयर रहेको छ । महालक्ष्मी विकास बैंकसँग मर्ज गर्दा उपाध्याय यती डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । उपाध्यायले नातामा सासु पर्ने सिता शर्मा, भाई पर्ने दिपेन्द्र शर्मा र बबी शर्मा, बहिनी पर्ने रेखा उपाध्याय, बैंकमा आफ्नो गुटका बिश्वासपात्र कर्मचारी, व्यवसायिक साझेदार सुनिल बल्लव वन्त लगायतको आफन्तको नाममा विभिन्न समयमा लाखौ कित्ता सेयर खरिद गरेका छन् ।
गैरकानुनीरुपमा आर्जन गरेको रकमबाट सेयर खरिद गरेको लगायतका विभिन्न बिषयमा अहिले उपाध्याय बिरुद्ध सम्पती सुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको दावी श्रोतले गरेको छ । उपाध्यायले पदिय दायरा भन्दा बाहिर गएर बैंकमा भाँडभैलो मच्याएको र बैंकको श्रोत साधनको चरम दुरुपयोग गरेको भन्दै उनी बिरुद्ध नेपाल राष्ट बैंक र केन्द्रिय अनुसन्धान व्युरोमा समेत कारवाहीको माग गर्दे उजुरी दर्ता भईसकेको छ ।
पछिल्लो समय ठुला-ठुला घोटला जस्तै ललिता निवासको जग्गा घोटाला प्रकरण, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सर्वोत्तम सिमेन्ट गैरकानुनी सेयर खरिद प्रकरण आदिमा संलग्न मैं हु भन्ने व्यक्ति त कारवाहीको दायरामा आएको अवस्थामा उपाध्याध्यलाई कारवाही नहुने भन्नै छैन, ढिलो चाँढो उपाध्याय कारवाहीमा पर्छन, उनी जेलमा पर्छन नै, महालक्ष्मी बैंक श्रोतले भनेको छ । श्रोतका अनुसार महालक्ष्मी विकास बैंक पछिल्लो समय जति पनि समस्यामा परेको छ, आर्थिक अनियमिताका घटनाहरु जस्तै सुन काण्ड, गैरकानुनीरुपमा धितो लिलामी आदि भएका छन्, ति सबैको जड नै अध्यक्ष उपाध्याय हुुन श्रोतले भनेको छ ।
यस्ता झुठ र आर्थिक अनियमिताको पर्याय बन्दै आएका उपाध्याय जस्ता पात्रलाई केन्द्रिय बैंक, केन्द्रिय अनुसन्धान व्युरो, सम्पती सुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैले मिलेर खुटा नकमाई कारवाही गर्नेपर्छ, श्रोतले भनेको छ । किनकी उपाध्याय कारवाहीमा पर्नु भनेको महालक्ष्मी विकास बैंक जोगिनु हो, बैंकमा रहेका हजारौं बचतकर्ताहरुको बचत रकम रोकिनु हो, श्रोतले भनेको छ ।
श्रोतका अनुसार महालक्ष्मी विकास बैंकमा बचतकर्ताहरुको रकम असुरक्षित बन्नुको प्रमुख कारण नै बैंक सञ्चालक समितीका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा कै गैरजिम्वेवारीका हुन । उनीहरुले बैंकको श्रोत र साधनको चरम उपयोग गरेको र आफन्त र नातेदारको ठाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेर सिंगो बैंक नै कव्जा गर्ने रणनीति बनाएको छ ।
नेपाल राष्ट्र बैंकले एउटा संस्थामा स्वार्थ बाझिने एक भन्दा बढी एक परिवारका सदस्यहरुको नाउँमा संस्थापक सेयर खरिद हुन नहुने व्यवस्था कार्यान्वयनमा ल्याएको भएपनि महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले भने नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुलाई समेत प्रभावमा पारेर आफ्नो आफ्ना परिवारका विभिन्न सदस्यहरुको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेका छन् । श्रोतका अनुसार अध्यक्ष उपाध्यायले आफ्नो परिवारका सदस्यहरुको नाउँमा सेयर खरिद गर्नको लागि पनि महालक्ष्मी बैंकबाट नै विभिन्न प्रकृयामार्फत ठुलो परिमाणमा रकम निकालेका छन्। जसअनुसार अध्यक्ष उपाध्यायले बैंक कै पैसा मार्फत आफ्नो परिवार र नातागोताको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरेका छन्, श्रोतले भनेका छन् ।
श्रोतका अनुसार महालक्ष्मी विकास बैंकका अध्यक्ष साँचो अर्थमा भन्नुपर्दा बैंकिङ कसुरको अभियोगमा जेल जानु पर्ने व्यक्ति हुन, तर नियमनकारी निकाय नेपाल राष्ट्र बैंक कै उच्च अधिकारीहरुले अध्यक्ष उपाध्यायलाई जोगाउने गरेका छन् । महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायलाई जोगाउने नेपाल राष्ट्र बैंकका प्रमुख पात्र भनेका, डा. गुणाकर भट्ट भएको दावी पनि श्रोतले गरेको छ ।
बैंकमा हाल अध्यक्ष रहेका उपाध्याय तत्कालीन समयमा मनाकामना डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए भने यति डेभलपमेन्ट बैंकमा पनि अध्यक्ष रहेका थिए । ति बैंकहरु मर्जर भएर बनेको महालक्ष्मी विकास बैंकमा पनि उनै उपध्याय अध्यक्ष रहेका छन्। तत्कालीन समयमा मनाकमना डेभलपमेन्ट बैंक र यती डेभलपमेन्ट बैंकमा पनि करोडौं रुपैयाँ कर्जा घोटाला भएको थियो । त्यही घोटालाका मतियार नै अहिले महालक्ष्मी विकास बैंकको सञ्चालन एवं व्यवस्थापन प्रमुखकोरुपमा रहेको छ । त्यहीकारण पनि बैंकमा यतिधेरै अनियमिता भएको हुन सक्छ ? यो समुहलाई राष्ट्र बैंकले कारवाही गरी यो समुहको चुंगुलबाट महालक्ष्मी विकास बैंकलाई मुक्त गर्नुपर्छ, लगानीकर्ताहरुले भनेका छन् ।