बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

न्यूजिल्याण्डमाथि बंगलादेशको पहिलो जित, न्यूजिल्याण्ड ८ विकेटले पराजित

बुधबार, पुष २१ २०७८

काठमाडौं । न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो ।

पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड पुगेको छ ।

घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले टेष्ट क्रिकेटमा न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक  हो ।