शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लघुबित्त संस्थाहरुले आगामी असार मसान्तसम्म मर्जरको कार्ययोजना पेस गर्नुपर्ने

सोमबार, पुष १९ २०७८

काठमाडौँ l लघुबित्त संस्थाहरुले आगामी असार मसान्तसम्म मर्जरको कार्ययोजना पेस गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैकले लघुबित्त बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।  

निर्देशन क्रस होल्डिङ हुने गरी लगानी गरेको संस्थापक सेयरका सम्वन्धमाः, अनुमती प्राप्त बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीह्रुको एउटा बैंक तथा बित्तीय संस्थाको १० प्रतिसत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु बिच एक आपसमा र वा इजाजतपत्र प्राप्त एक भन्दा बढी बाँणिँज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी तथा बित्तीय संस्थाहरुको ५१ प्रतिसत भन्दा बढी शेयर स्वामित्व रहेका लघुुबित्त बित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तीमा जान २०७९ असार मसान्तभित्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्ने छ, परिपत्रमा उल्लेख छ ।