शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जनमत पार्टी हिंसात्मक बन्दै, सिराहामा ट्रकमा आगजनी

सोमबार, पुष १९ २०७८

काठमाडौं । सिराहामा आज पनि एउटा मालबाहक ट्रकमा आगजनी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत  मिर्चैयामा अज्ञात समूहले ट्रकमा आगजनी गरेको हो ।  

बतहा खोलाको पुलमा आगजनी गरिएको ट्रक पूर्णरुपमा जलेको छ । केहि दिनदेखि राजमार्ग अवरुद्ध गर्दै आएको जनमत पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।

यद्यपी सो पार्टीले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । प्रहरीका अनुसार आगो लगाउनेले चालकलाई समेत कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका चालकको उपचार भइरहेको छ । 

जनमत पार्टीले यसअघि पनि सप्तरी र सिराहामा ट्रकमा आगजनी गरेका छन् ।
धनुषाको पोर्ताहामा प्रहरीले हिजो जनमत पार्टीका आन्दोलनकारीमाथि गोली चलाएपछि उनीहरु थप आक्रोशित भएका छन् ।