शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एक अर्ब ७५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

आइतबार, पुष १८ २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब ७५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । अवकाश कोष अन्र्तगत पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ माघ तीन गतेदेखि २०७९ माघ तीन गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

कुल रकम मध्येमा वाँणिज्य बैंकहरुको लागि एक अर्ब ४० करोड, विकास बैंकहरुको लागि २६ करोड २५ लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ७५ लाख रुपैया रकम राख्न लागिएको हो । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही पुस २० गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । 

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।