बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मिश्रको विवेकशील साझा र राप्रपाबीचको एकता सम्भव होला ?

शुक्रबार, पुष १६ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताको सम्भावनाबारे छलफल भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा धवलशमशेर राणाले साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रकै निवासमा पुगेर पार्टी एकताको प्रस्ताव राखेको बताइएको छ ।

यद्यपी राप्रपाका  नेता मोहन श्रेष्ठले दुवै पार्टीका नेताको चाहनामा  भेटवार्ता भएको दाबी गरेका छन् ।

‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राप्रपा नेपालले विचार मिल्ने शक्तिसँग संवाद, सहकार्य गर्ने नीति लिएको छ । सोही नीति अनुरूप विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग छलफल भएको राप्रपाले बताएको छ ।

मिश्रले पनि सामाजिक संजाल फेसबुकमा पाहुनासँग राजनीतिसँगै राजकाज संवाद भएको भन्दै 
देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको भन्दै पार्टी एकताकालागि सुखद सुरुवात भएको संकेत गरेका छन् ।