शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रचण्डको उत्तराधिकारी ?

बुधबार, पुष १४ २०७८

काठमाडौँ l वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी । त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ । हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ ।

आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नु पर्ने भएको छ ।

दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।

यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ ।

जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भानाव रहेको पुन पक्षका नेताहरुको तर्क छ । तर जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुई मध्ये एक छान्नु भन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।