काठमाडौं । हत्या, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा कमी आउँदा बैंकिङ कसूरका घटना भने उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्याङले देखाएको छ ।
प्रहरी प्रधान कार्यालयको ५ महिने प्रगति विवरण अनुसार बैंकिङ कसूरको घटना १ सय ५ दशमलव ३४ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्षको ५ महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षमा कर्तव्य ज्यानका मुद्दा १५ दशमलव १७ प्रतिशतले घटेको छ । ज्यान मार्ने उद्योगको घटना पनि ३ दशमलव ९२ र आत्महत्या ११ दशमलव १६ प्रतिशतले घटेको छ ।
चोरी, ठगी र बैंकिङ कसूरको घटना भने बढेको पाइएको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताए ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३ दशमलव ०४ प्रतिशतले चोरीका घटना बढेका छन् ।