शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा बिकास बैंकद्धारा थप दुई वटा शाखा बिस्तार 

मंगलबार, पुष १३ २०७८

काठमाडौँ l गरिमा बिकास बैंकले थप दुई वटा शाखा बिस्तार गरेको छ । एक्सीज टु अल भन्ने मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको हो । 

बैंकले हाल नेपालभर एक सय १८ शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दे आईरहेको छ ।