काठमाडौं । एभिसी एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको महिलातर्फको विधामा नेपालले फाइनल खेल्ने भएको छ ।
ढाकामा जारी प्रतियोगिता अन्तरगतको खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेर नेपालले उपाधि भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो संस्करणमा पनि नेपाली खेलाडी फाइनल पुगेका थिए ।
श्रीलंका, बंगलादेश, माल्दिभ्स र उज्वेकिस्तान समेत सामेल प्रतियोगितामा नेपाल अपराजित छ ।
नेपालले प्रतियोगिताको उपाधिका लागि भोलि उज्वेकिस्तानसँग भिडनेछ ।
यसपालि च्याम्पियनशीपमा सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले राष्ट्रिय टोलीमा पूनरागमन गरेका हुन् ।
शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्द पनि राष्ट्रिय टोलीमा प्रवेश गरेका छन् ।