शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ      

बिहिबार, पुष ८ २०७८

बाँके l सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज महानगरपालिका १८ बस्ने ३० वर्षीय साधु अहिरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०७७ फागुन १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना १९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।