शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला

बिहिबार, पुष ८ २०७८

काठमाडौं l काठमाडौं महानगरपालिका(२४ वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन । 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका(३ मायादेवीस्थित झाँडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन । 

कास्कीको पोखरा महानगरालिका ९ पृथ्वीचोकस्थित लमजुङ होटलको कोठा नम्बर १०५ मा ना।६ ख ४९७६ नम्बरको बसको सह(चालक ईलाम सूर्योदय नगरपालिका १३ घर भई हाल झापा धुलाबारी बस्ने ३५ वर्षीय पारस बान्तावा राई बुधबार मृत अवस्थामा फेला परेका छन ।

उक्त होटलमा राई मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बस चालक समेत २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । 

काभ्रेको पनौति नगरपालिका १२ कलाति भूमिडाँडा बस्ने ६२ वर्षिय अम्बर बहादुर तामाङ घर नजिक रहेको कलाती खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।