शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकीकृत समाजवादी काठमाडौं कमिटीको पूर्ण बैठक बस्दै

शुक्रबार, पुष २ २०७८

काठमाडौँ l नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक आज बस्दैछ ।

बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिएका छन् ।

कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ ।

त्यसैगरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ ।