काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति र उपसभापतिको मतगणना सकिएलगत्तै आजदेखि महामन्त्रीको मतगणना हुदै छ ।
मतगणना बिहान ८ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समितिले जनाएको छ । दुई सिट रहेको महामन्त्रीका लागि ६ जना मैदानमा छन् । महामन्त्रीमा सभापति शेरवहादुर देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेद्वार छन् ।
डा. शेखर कोइराला प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिष्पर्धामा छन् भने प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा छन् ।
त्यस्तै विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की पनि महामन्त्रीको उम्मेदवार बनेका छन् । विभिन्न अध्ययन र प्रक्षेपणले गगन थापा र विश्वप्रकाश शर्मालाई सम्भावित महामन्त्रीका रुपमा आँकलन गरेको छ ।