शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ्ग विजयी, गच्छदारद्वारा परिणाम अस्विकार

बिहिबार, पुष १ २०७८

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । राती साढे १२ बजे सकिएको मतपरिणाम अनुसार खड्का र गुरुङ्ग विजयी भएका हुन् ।

यद्यपी उनीहरुले कति मत पाए भन्नेमा निर्वाचन समितिले केहि खुलाएको छैन । खड्का सभापति शेरवहादुर देउवा पक्षबाट चुनाव लडेका थिए भने गुरुङ्ग शेखर कोइरालाको प्यानलमा थिए ।

देउवा पक्षका अर्का उम्मेद्वार विजयकुमार गच्छदार झिनो मतान्तरले पराजित भएको समितिले जनाएको छ । मतगणना स्थलमा रहेका कांग्रेस नेताका अनुसार गच्छदार दुई मतले पराजित भएका हुन् ।

गच्छदारलाई कोइराला प्यानलका गुरुङ्गले हराएका हुन् । पराजित भएको खबर सुन्नासाथ गच्छदार मतगणनास्थल सानेपा पुगेका छन् । गच्छदारले परिणामलाई अस्विकार गर्दै पुन मतगणनाको माग गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावबाट आगामी ४ वर्षकालागि पार्टी सभापतिमा देउवा विजयी भइसकेका छन् । सभापतिको परिणाम सार्वजनिक पछि आज उपसभापतिको मत गणना गरिएको हो ।

दुई उपसभापतिका लागि ७ जनाले प्रतिष्पर्धा गरेका थिए ।