बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साफ अण्डर १९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज श्रीलंका विरुद्ध खेल्दै

बुधबार, मंसिर २९ २०७८

काठमाडौं । साफ अण्डर १९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज  श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको  ढाकास्थित  मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

नेपाल र श्रीलंकाबीचको खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ । श्रीलंका अंक विहीन  छ । श्रीलंकाले २ खेलबाट कुनै पनि  अंक जोड्न सकेको छैन ।

श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

 फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।