शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एभरेष्ट बैंकमा जागिर लगाईदिन्छु भनेर ठगी गर्ने व्यक्ति पक्राउ

बुधबार, मंसिर २९ २०७८

काठमाडौँ l एभरेष्ट बैंकमा जागिर लगाईदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार ठगी कार्यमा संलग्न भएको अभियोगका आधारमा सर्लाहीका ब्रम्हपुरी गाउँपालिका घर भई हाल काठमाडौको बवरमहल बस्ने ३८ बर्षिय संजिव कुमार साहलाई पक्राउ गरिएको हो ।  

साहले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ,वडा नम्वर ४ घर भएका उत्सव सुजखुर्ला आफु अर्थमन्त्रालयको लेखाअधिकृत हुं भन्दै तपाई जागिरको खोजीमा हुनुहुदो रहेछ तपाईलाई एभरेष्ट बैंकको उपत्यकाको कुन स्थानमा म्यानेजमेन्ट ट्रेनीमा जागिर लगाईदिन्छु भनि बिश्वासमा पारी दुई लाख ठगी लिएर खान लागेको भनि महाशाखा आएको जाहेरीका आधारमा साहलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका साहलाई मंगलबार आवस्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको छ ।