काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने पीएम कप महिला क्रिकेट पुस ३ देखि ११ गतेसम्म हुने भएको हो ।
नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् । सोही दिन दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । फाइनल खेल पुस ११ गते हुनेछ ।