शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता, को-को छन् टिममा ?

शनिबार, मंसिर २५ २०७८

काठमाडौँ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन्। महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन्। पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन्।

संस्थापन समूहबाट आठ जनाको टुंगो लागेको छ। जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन्।