शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शेखर कोइरालाले सभापतिमा दिए उम्मेदवारी, को-को छन् टिममा ?

शनिबार, मंसिर २५ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

वर्तमान केन्द्रीय सदस्य रहेका कोइराला संस्थापन इतर समूहका उम्मेदवार हुन् । उनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

डा.शेखर नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारका सदस्य हुन् । उनी नोना कोइरालाका छोरा हुन् ।

लामो समय चिकित्सक रहेका कोइराला शान्ति प्रक्रियामा तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले विश्वास गरेका पात्र हुन् । उनी त्यसपछि नै कांग्रेसको राजनीतिमा सक्रिया भएका थिए ।

कोइरालाले उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई तयार गरेका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी भएको छ ।

सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् ।