शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस महाधिवेशन आजदेखि सुरु, ओलीको उपस्थिती सबैको चासो

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज देखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने छ । 
महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४४ सय महाधिवेशन प्रतिनिधिसहित कांग्रेस कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन् ।
उम्मेद्वार नेताहरूले आफ्नो पक्षमा भोट माग्नेक्रम पनि सुरू भइसकेको छ । उद्घाटन समारोह सकिएसँगै  भोलीदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसले संसदमा प्रतिनिधित्त्व गर्ने सबै राजनीति दलका प्रमुखसँगै  विदेशी राजनीतिक दलका प्रतिनिधिहरूलाई समेत निम्तो गरेको छ । 
पछिल्लो समय एक अर्काप्रति कटु आलोचक रहदै आएका नेताहरु आज एउटै मञ्चमा देखिने सम्भावना कांग्रेस महाधिवेशनको रोचक पक्ष हुने छ ।

एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै मञ्चमा नदेखिएको धेरै भएको छ । त्यसैले पनि कांग्रेसको महाधिवेशनमा उनीहरुको उपस्थितीलाई लिएर आम चासो बढेको छ ।

यद्यपी एमाले अध्यक्ष ओली भने हिजैदेखि रुघा लागेकाले घरमै आराम गरिरहेका छन् ।

ओलीको उपस्थिती हुने नहुनेमा एमालेले केहि बताएको छैन । 

चितवनमा सम्पन्‍न एमालेको महाधिवेशनमा माधव नेपाल बाहेक मुख्य राजनीति दलका सबैलाई निम्तो गरिएको थियो । तर, एमालेको महाधिवेशनमा भने सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मात्र पुग्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नगएर पार्टीले उपाध्यक्षा लिलामणि पोख्रेललाई पठाउनुभएको थियो । 

भारतबाट  भारतीय जनता पार्टी, कांग्रेस आईका प्रतिनिधि र चिनियाँ कम्युनिष्‍ट पार्टीका प्रतिनिधि आउने महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।