शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्राईम लाईफको १४ औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौँ l प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही मंसिर १९ गते आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभाले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ मध्येबाट १५ प्रतिसतका दरमा बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर बितरण गरे पश्चात कम्पनीको चुक्ता पुंजी दुई अर्ब ७७ करोड ९६ लाख १५ हजार पाँच सय ७६ रुपैयाँ पुग्ने छ ।

कम्पनीले हाल देशभर एक सय ५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सम्वन्धी कारोवार सञ्चालन गर्दे आएको छ । कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड सात लाख ७४ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ४० रुपैयाँ ४१ पैसा रहेको छ ।