काठमाडौँ l नेकपा एमालेको नवनिर्वाचित कार्यसमितिको बैठक मंसिर २५ र २६ गते राजधानीमा बस्ने भएको छ।
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सौराहामा आयोजित शपथग्रहण कार्यक्रममै यसबारे जानकारी गराएका थिए।
केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो तथा स्थायी समिति सदस्यहरु टुंग्याउने छ।
‘यद्यपि युवाहरुलाई पोलिटब्युरो र स्थायी समितिमा कसरी समेट्ने भन्नेबारे छलफल चलिरहेको छ,’ एक एमाले नेताले जानकारी दिए।
त्यस्तै, प्रदेशहरुमा रिक्त रहेका पदहरुमा पनि उक्त बैठकले पदपूर्ति गर्ने एमाले स्रोतले जानकारी दिएको छ।